Advertisement

Prime Minister of Nepal KP Sharma Oli announces: not only poverty alleviation but also elimination.

Prime Minister of Nepal KP Sharma Oli announces: not only poverty alleviation but also elimination. सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले के–के गर्‍यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिलाईलाई विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी गरेका छन् ।

ओलीले आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । यस्तै ३ हजार ५ सय ७८ किमी सडक ग्राभेल सडक निर्माण भएको, ३ सय २५ सडक पुल निर्माण भएको र यो वर्ष मात्रै ४० पुल बनेको ओलीको भनाइ छ ।

६ सय भन्दा बढी तुइन विस्थापन भएको तथा अब डेढ दर्जन हाराहारीमा तुइन विस्थापन गर्न बाँकी रहेको पनि उनले उल्लेख गरे ।

यस्तै ओलीले विश्वमा तीब्र आर्थिक बृद्धिदर हासिल गरिरहेका देशहरु मध्ये नेपाल उत्कृष्ट १० भित्र रहन सफल भएको पनि बताए ।
उनले देशमा कोही बेरोजगार नरहेको बताउदै भने–‘श्रमशक्ति बढेको जतिलाई रोजगारी थपिएको छ । अहिले नयाँ बेरोजगार थपिएका छैनन् । श्रम मन्त्रालयले अहिले बेरोजगारहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।’
उनले बैकहरुको शाखा ९ हजार ३ सय पुगेको बताउँदै सरकारले थालेको ‘खोलौं बैक खाता’ अभियान मार्फत डेढ लाख नयाँ खाता खुलेको प्रगति पेश गरे ।
ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब नेपालको राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा रहेको बताएका छन् ।

सरकारको २ वर्षे उपलब्धीबारे प्रतिनिधि सभालाई जानकारी गराउने क्रममा उनले अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र सरकारको १४ अर्ब हाराहारी लगानीको साथ सम्पन्न हुने यो परियोजनाले राष्ट्रिय गौरव र महत्त्वको हैसियत प्राप्त गरेको उल्लेख गरे ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या नभएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बरु संविधानको स्वीकार्यता वर्तमान सरकारले विस्तार गर्ने काम गरेको बताए ।

उनले संविधान नमान्ने सीके राउत समूहलाई कानुनको दायरामा ल्याएको बताउँदै अन्य समूहलाई पनि यही बाटोमा ल्याउन सरकार अग्रसर रहेको बताए ।

आफू नेतृत्वको सरकारले विभिन्न ५५ वटा नयाँ कानुनहरु निर्माण गरेको, २०१ वटा ऐन संशोधन तथा १३ वटा ऐन खारेज गरेको उल्लेख गर्दै ओलीले सरकार सुखी नेपाली समृद्ध नेपालको अभियानमा अग्रसर रहेको बताए ।

पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भने, ‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु, जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछिको १ दशकसम्म आर्थिक वृद्धिद्धर ४ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो तीन वर्षयता आर्थिक बृद्धिदर ६.५ प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्दै बिगत तीन वर्षदेखि प्रदेशको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत भन्दा न्यून नभएको बताए ।

यस्तै प्रतिव्यक्ति आय १८ प्रतिशतभन्दा माथि रहेको पनि ओलीले बताए । आर्थिक बृद्धिदरमा आएको सुधारसँगै १.५ बिन्दुले गरिबी घटेको उल्लेख गर्दै ओलीले अब सरकार गरिबी निवारणमात्रै होइन उन्मुलन नै गर्नेगरी अघि बढेको बताए ।

प्रधामन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुमाथि सरकार निर्मम बन्ने पनि बताएका छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पुरानो भनाइ दोहोर्याउँदै कसैले आफ्नो भनाइ भन्नैको लागि भनेको ठानेको छ भने त्यो गल्ती हुने बताए ।

उनले सुशासनका संयन्त्रहरु क्रियाशिल हुँदा भ्रष्टाचारमा निर्लिप्तहरु मुर्मुरिने गरेको उल्लेख गर्दै भ्रष्टालाई कारबाहीको दायरामा ल्याउँदा समेत आफू आलोचनाको शिकार हुनु परेको बताए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली,Kp Sharma Oli,PriMinister,

Post a Comment

0 Comments